वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर २ फाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १० लाई १-० गोलले स्तब्ध पार्दै वडा नम्बर २ उपाधि नजिक पुगेको हो ।

अव वडा नम्बर २ ले उपाधिका लागि वडा नम्बर ५ र वडा नम्बर ९ बिच हुने दोस्रो सेमिफाइनल खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खेल सुरु भएको पहिलो मिनेटमै दिपेश तामाङले गरेको गोल नै वडा नम्बर २ को जितमा निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि दिपेश नै घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरे ।

लिग फर्म्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत आइतवार अन्तिम सेमिफइनल खेल वडा नम्बर ५ र वडा नम्बर ९ का बिच हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।
