नेपाल सुपर लिग (एनएसएल) को फ्रेञ्चाइज टोली ललितपुर सिटी एफसीले तेस्रो सिजनका लागि प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्तिल्लानालाई अनुबन्ध गरेको छ।

साबिक विजेता ललितपुरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कान्टिल्लानासँग सम्झौता गरिएको जानकारी दियो । ३२ वर्षीय कान्टिल्लान चिलीको स्यान्टियागोमा जन्मेका हुन्।

एसिया र मध्यपूर्वका शीर्ष लिगहरू खेलेको अनुभव कान्तिल्लानासँग छ । जसले गर्दा टिमलाई मजबुत बनाउने विश्वास टोलीले लिएको छ ।

कान्तिल्लानाले प्यालेस्टाइन राष्ट्रिय टोलीका लागि ३४ खेलमा १० गोल गरेका छन् । उनले व्यवसायिक करियरमा चिलीको पालिस्टिनो, मलेसियाको क्वालालम्पुर एफए, इजिप्टको इनपिपुआइ र इन्डोनेसियाको पिएसआइएस सेमाराङ जस्ता क्लबको प्रतिनिधित्व गरेका छन्।

उनी ललितपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसलाई रिटेन गर्दा हाइटीका विंगर केर्भेन्स बेलफोर्ट र भुटानी स्ट्राइकर चेन्चो ग्याल्ट्सेनलाई अनुबन्ध गरेको थियो ।

राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको ललितपुरले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएकाे छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *