आगामी साता युगाण्डामा सुरू हुने महिला टी-२० आई श्रृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू-१९ विश्वकप खेलेका थिए ।

मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२० आई क्रिकेट श्रृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।

नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको श्रृंखला खेलेको थियो । त्यसमा जितविहीन रहेको नेपाली महिला टोलीका लागि एक महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको मौका जुरेको छ ।

नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै श्रृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *