विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिभ युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लब भिड्ने भएका छन् ।

मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा हुने प्रतियोगिता आइतबारदेखि सुरू हुँदैछ । मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले एक लाख एक हजार रुपैयाँ र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ हासिल गर्नेछ ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीले दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कार जनही तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।

गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपिएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३-१ ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *