श्री भगवती क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार दोश्रो जित हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्री भगवतीले ब्रिगेड ब्वाइजलाई २-० गोलले पराजित गरेको हो ।
श्री भगवतीलाई जित दिलाउन सुलेमन थापामगरले ३० औं र दिपेश श्रेष्ठले ८६ औं मिनेटमा गोल गरे ।
लगातार दोश्रो जितसँगै श्री भगवतीले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो हार व्यहोरेको ब्रिगेड ब्वाइजले समान खेलबाट ३ अंक जोडेको छ।
