शहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले पहिलो जित हासिल गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मध्यपुरले झापा फुटबल क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

मध्यपुरको जितका लागि सजीन थापा मगरले गोल गर्दा एक गोल भने पेमा तामाङमार्फत आत्मघाती उपहार पाएको हो । झापाका लागि पुजन राईले एक गोल गरेपनि टोलीको हारलाई टार्न सकेनन् ।

खेलको ५२औं मिनेटमा पेमा तामाङको आत्मघाती गोलमार्फत मध्यपुरले अग्रता लिएको थियो । ८९औं मिनेटमा पुजन राईले मध्यपुरका गोलकिपर सौरव विक्रम कार्कीलाई बीट गर्दै बराबरी गोल फर्काए ।

अन्तिम मिनेटमा सजीनले बक्स बाहिरबाट गरेको सुन्दर राइट फुटेड प्रहारले झापाका गोलकिपर टेक राज लिम्बूलाई बिट हुँदै पहिलो बारको जाली चुमेको थियो ।

जितसँगै मध्यपुरले दुई खेलबाट ४ अंक जोडेको छ । यता लिगमा झापा भने लगातार दोश्रो हार व्यहोर्न बाध्य भएको छ । दोश्रो हार व्यहोरेको झापा अंक विहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *