नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण फुटबल खेलका दौरान खुट्टा भाँचिएका नेपाली खेलाडी आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो ।

रोयल नेपाल एफसी, फोर्थवर्थ राइजिङस्टार, राहुल भट्टराई, डीएफडब्ल्यू, हिमालय एफसी, आशिष भट्टराई र टोली, युलेस रोयल एफसी र अभियानलाई समर्थन गर्ने विभिन्न संस्था, क्लब र व्यक्तिहरूको योगदानका फल स्वरूप यो पहल सम्भव भएको हो ।

शनिबार सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले ले उक्त रकम राईलाई हस्तान्तण गरेका छन् । प्रलय राज भण्डारीको नेतृत्व मा सुरु भएको अभियान मा चेम्जोङले थप रु १५,००० बराबर को आवश्यक सामाग्री प्रदान गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *