पाँचथर । फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगितामा मच्छिन्द्र क्लब सेमिफाइन प्रबेश गरेको छ ।

फिदिम माबिको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा हिमालयन शेर्पा क्लब लाई २-१ गोलले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो ।

मच्छिन्द्रलाई जित दिलाउन बिदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । शेर्पाको लागि सुजन सेन्ताङले गोल फर्काएका थिए ।

खेलमा हिमालयन शेर्पाले गोलको केही अवसर बनाएको थियो । तर, शेर्पाले पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

२७औं मिनेटमा बिदेशी खेलाडी स्टेफिन गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रिकिकबाट आएको प्रहारलाई स्टेफिनले गोलमा परिणत गरेका थिए ।

यस्तै, ३०औं मिनेटमाजय गुरुङले टोलीको अग्रता दोब्बर बनाए । जयले शेर्पाका ३ डिफ्रेन्डरलाइ विट गर्दै गोल गरेका थिए । खेलको ९०औं मिनेटमा सुजन सेन्ताङले गोल गरे पनि शेर्पा खेलमा फर्किन सकेन ।

मच्छिन्द्रका बिशाल धलान प्लेयर अफ दि म्याच चुनिए । उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र नमोबुद्ध फुटबल क्लब सप्तरीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *