यो वर्षको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग पनि नेपालमै आयोजना हुने भएको छ ।

काभाले बिहीबार सार्वजनिक गरेको वर्षीक क्यालेन्डर अनुसार यो वर्षको काभा महिला नेसन्स लिग पनि नेपालमै आयोजना हुने भएको यो।

यससँगै नेपालले लगातार दोश्रो वर्ष यो प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी अक्टोबर ११ देखि १७ सम्म हुनेछ ।

गत वर्षको महिला नेसन्स लिग पनि नेपालमै आयोजना भएको थियो । गत संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

यस्तै सार्वजनिक तालिका अनुसार यो वर्षको काभा महिला च्याम्पियन्स लिग पनि नेपालमै आयोजना हुनेछ । यो प्रतियोगिता डिसेम्बर ७देखि १४ सम्म हुनेछ ।

यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप पनि नेपालमा आयोजना भएको थियो ।

काभाको वर्षीक क्यालेन्डरः

Leave a Reply

Your email address will not be published. Required fields are marked *