प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा भएको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेश क्रिकेट संघले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
सुदूरपश्चिमको टोली:
नारायण जोशी, हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुशील चन्द, शौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी, अर्जुन बिक ।
प्रशिक्षक: दिपेन्द्रबहादुर चन्द
ब्यवस्थापक: सन्तोष भट्ट
ट्रेनर: साजन गौतम
बैकल्पिक खेलाडी: हिक्मत महरा, बसन्त खत्री, सचिन भट्ट, गजेन्द्र भण्डारी ।
