मोरोक्कोका मोहम्मद एल जाउआनी धनगढी एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
धनगढी एफसीले शुक्रबार डिफेन्सिभ मिडफिल्डर जाउआनीलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो । ३० वर्षीय जाउआनीले मोराेक्कोको यु- २३ टोलीबाट खेलिसकेका छन् ।
उनी धनगढीमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् ।यसअघि धनगढीले लेबनानका फरवार्ड अहमद हिजाजीर नाइजेरिया फरवार्ड आफिज ओलावालेलाई अनुबन्ध गरेको थियो ।
धनगढी एफसीले नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु मार्की खेलाडीका रूपमा यसअघि नै अनुबन्ध गरिसकेको छ । धनगढी एफसीको मुख्य प्रशिक्षकमा जुआन म्यानुएल मार्टिनेज सेज छन् । यस्तै, सहायक प्रशिक्षकमा भीष्म भाट छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।
