नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्ग‌शालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौँले २-२ गोलको बराबरी खेलेका हुन् ।

ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन् । काठमाडौँका लागि ओमोडोउ डिओप र भिन्सेन्ट कोजिइल्लोले गोल फर्काए ।

ललितपुरलाई खेलको पाँच मिनेटमा विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाए । खेलको १४औं मिनेटमा ललितपुरका आदित्यले गोल गर्दै टोलिलाई दोस्रो अग्रता दिलाए हुन् ।

त्यसपछि खेलको ७५औं मिनेटमा डिओपले गोल गर्दै काठमाडौँलाई पहिलो अग्रता दिलाए भने दोस्रो हाफको अतिरिक्त समयमा भिन्सेन्टले पेनाल्टीमार्पत गोल गर्दै काठमाडौँलाई हारबाट जोगाएका हुन् ।

उक्त प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन एफसी सहभागी छन् ।

आइतबार साँझ ६ बजेदेखि बुटवल लुम्बिनी एफसी र झाफा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *