उज्वेकिस्तानका मुहम्मद इसाएभले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

उज्वेकिस्तानका मिडफिल्डरलाई झापाले चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । एसाएभसँग उज्वेकिस्तान, ताजकिस्तान र इन्डोनेसियन लिग खेलको अनुभव छ । उनले पछिल्लो पटक ताजकिस्तानको दुशान्बे क्लबबाट खेलेका थिए ।

यसअघि झापाले उज्वेकिस्तानका रक्षक अजमत अब्दुल्लेव तथा नेपाली मुलका अमेरिकी खेलाडी प्रविन बस्नेल र सर्बियन मिडफिल्डर लाजर आर्सिकलाई अनुबन्ध गरेको थियो ।

झापा एफसीले लाकेन लिम्बू मार्की खेलाडीका रूपमा यसअघि नै अनुबन्ध गरिसकेको छ । झापा एफसीको मुख्य प्रशिक्षक भने प्रवेश कटुवाल हुन् । यस्तै, सहायक प्रशिक्षकमा कुवेर गिरी र गोलकिपर प्रशिक्षकमा मिन बस्नेत छन् ।

नेपाल राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्कालाई झापा एफसीले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *