आर्सनलसँग चेल्सी पराजित

२०८१, ३ चैत्र सोमबार ०८:१४

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी आर्सनलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलअन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मिकेल मेरिनोले निर्णायक गोल गरे । उनले खेलको २०औं मिनेटमा मार्टिन ओडेगार्डको पासलाई पोस्टको दिशा दिए ।

जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग पुनः ४ अंक दूरी बनाएको छ।

यो जितपछि आर्सनल शीर्ष स्थानको लिभरपुलभन्दा १२ अंकले पछि छ । चेल्सी चौथो स्थानमा यथावत छ । पाँचौं स्थानको म्यानचेस्टर सिटीभन्दा चेल्सीको १ अंक बढी छ।

लिगअन्तर्गत आइतबारै भएको अर्को खेलमा फुलहमले टोटनहमलाई २-० ले पराजित गर्यो । फुलहमको जितमा रोसड्रगो मुनिजले ७८ र  रायन सेसेग्ननले ८८औं मिनेटमा गोल गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *