हङकङविरुद्ध नेपालले टस हार्यो

२०८१, ३० फाल्गुन शुक्रबार १२:४०

युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत  लिग चरणको आफ्नो अन्तिम खेलमा हङकङविरुद्ध नेपालले टस हारेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।

नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *