काठमाडौं । युनिटीका प्रियान्सु क्षेत्री र एपीएफ क्लबका भोजबहादुर गुरुङ तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा भइरहेको प्रतियोगितामा प्रियान्सु नेपाल प्रहरीका कविर केसीलाई २१-१९ र २१-१२ तथा भोजले तन्दुरी हाउसका हिमान्शु मगरलाई २१-१६ र २१-९ को सोझो सेटमा पराजित गरे ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्सकै अन्य खेलमा धादिङका सुजन थापाले देवीनगरका सक्षम ढकाललाई १८-२१, २१-६ र २१-१४, कैलालीका रोशन साउदले फिट्नेस पार्कका अमन डंगोललाई २१-१६ र २१-१५, प्रहरीका हीरा राईले कैलाली शिशीर राणालाई २०-२२, २१-१२ र २१-६, नेपाल आर्मीका विवेक चौधरीले आर्मीकै लक्ष्मण राना मगरलाई १७-२१, २१-१९ र २१–१३, एपीएफका क्षितिज खनालले देवीनगरका विविश थापालाई २१-६ र २१-६ तथा एपीएफका प्रनिशसिंह ठकुरीले प्रहरीका पूर्ण थापालाई १९-२१, २१-१३ र २३-२१ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष डबल्समा आर्मीका विधान अधिकारी र प्रवीण लिङथेप, बालकुमारी रिमिक्स क्लबका दिप्रिसमुणि वज्रचार्य र रमन महर्जन, धादिङका राम मल्ल ठकुरी र सुजन थापा, आर्मीका विवेक चौधरी र तुन्डुरीका हिमान्शु मगर, बालकुमारीका सुमित महर्जन र सुमन शाक्य, आयोजक क्लबका नेल्सन राई र स्पोर्ट्स हबका सुमित ठोकर, सूर्यदर्शनका दीपक राणा र जेनिश थकाली तथा एपीएफका भोजबहादुर गुरुङ र प्रनिशसिंह ठकुरीको जोडी क्वाटरफाइनलमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *