भारत र न्युजिल्याण्ड दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधिका लागि आमने सामने हुँदैछन् ।

भारत र न्युजिल्याण्डबीचको फाइनल आइतवार युएईको दुबई क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार दिउसो २:४५ बजे सुरु हुनेछ । यी दुई टोली च्याम्पियन्स ट्रफीको उपाधिका दोस्रो पटक भिड्दै छन् ।

सन् २००० मा केन्यामा आयोजना भएको दोस्रो च्याम्पियन्स ट्रफीको फाइनलमा दुवै टोलीबिच फाइनल भएको थियो । त्यसमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले पराजित गरेको थियो ।

२ सय ६५ रनको लक्ष्य न्युजिल्याण्डले ४९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । न्युजिल्याण्डका लागि क्रिस काइरेन्सले नट आउट शतक प्रहार गरेका थिए ।

त्यतिबेला न्युजिल्याण्डको टोलीको कप्तानी स्टेफन फ्लेमिङले गरेका थिए । भारतीय टोलीको कप्तान सौरभ गांगुलीले शतक प्रहार गरेका थिए ।

यस पटक फाइनल भेटका भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *