लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् ।
आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।
जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अविजित रहेको छ । पुलिस क्लबले ८ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै आर्मीले ८ खेलमा ७ खेल जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आज अर्को खेल मधेश प्रदेश र बागमती प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।
जारी प्रतियोगितामा मधेश प्रदेशले ८ खेलमा ३ जित हासिल गरेको छ भने बागमती प्रदेशले ८ खेलमा ४ जित हासिल गरेको छ ।
आजको खेलपछि शीर्ष स्थानमा रहने पहिलो र दोस्रो टिमबीच फाइनल खेल हुने छ । फाइनल खेल मार्च २९ मा हुने तालिका रहेको छ ।
