पिएम कपमा आज तीन खेल हुँदै

२०८१, ९ चैत्र आईतवार ०६:५७

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् ।

आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका ७ खेलमा १ जित र ६ हार बेहोरेको छ ।

त्यस्तै, आज अर्को खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा आर्मी क्लबले ७ खेलमा ६ जित र एक हार बेहोरेको छ भने लुम्बिनी प्रदेशले ७ खेलमा ४ जित ३ हार बेहोरेको छ ।

त्यस्तै, आज अर्को खेल गण्डकी प्रदेश र एपिएफ क्लबबीच हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा गण्डकीले ७ खेलमा एक जित र ६ हार बेहोरेको छ भने एपिएफले आफ्ना ६ खेलमा ४ जित र २ हार बेहोरेको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *