घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि-२० आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ ।

९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे ।

फिन एलेन १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रनमा तथा टिम रोबिन्सन १५ बलमा १ छक्काको सहयोगमा १८ रनमा नट आउट रहे । पाकिस्तानका लागि अबरार अहमदले १ विकेट लिए ।

त्यसअघि क्राइस्टचर्चमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १८.४ ओभरमा ९१ रनको झिनो योगफलमा समेटियो ।

पाकिस्तानका लागि खुसदिल शाहले सर्वाधिक ३२ रन जोडे । शाहले ३० बलमा ३ छक्का प्रहार गरे । कप्तान सलमान आगा २० बलमा १८ तथा जहादाद खान १७ बलमा १७ रन बनाए । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानलाई कम रनमा रोक्न ज्याक‌ब डफीले ३.४ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए। कायल जेमिन्सनले ३, इश सोडीले २ तथा ज्याक्रि फोल्क्सले १ विकेट लिए ।

पाकिस्तान र न्युजिल्याण्डबीचको दोस्रो टि-२० आई मंगलवार हुनेछ । ५ टि ट्वान्टीपछि पाकिस्तानले न्युजिल्याण्डसँग ३ वटा ओडिआई खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *