नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलीसँग घरेलुु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।
अफगानिस्तानको यु-१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ । तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ ।
नेपालले विश्वकप छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । अफगानिस्तान युवा टोलीले क्यानको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेको हो ।
