नेपालले आज युगाण्डामा जारी चार देशीय महिला टी-२० सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ ।
नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै, हङकङले पनि दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
पहिलो खेलमा नामिबियासँँग पराजित भएको नेपाल दोस्रो खेलमा घरेलु टोली युगाण्डालाई पराजित गरेको थियो ।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं र हङकङ २२औं स्थानमा छन् ।
नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा घरेलु टोली युगाण्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।
सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबिच फाइनल हुनेछ ।
नेपालले यस प्रतियोगितालाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकप क्रिकेट छनोटको तयारीका रूपमा लिएको छ। विश्वकपको एसिया क्षेत्र छनोट आगामी मे मा हुनेछ।
नेपालको टोली:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी, ईश्वरी विष्ट ।
नेपालको खेल तालिका
फागुन २८ गते(मार्च १२) – नामिबियासँग
फागुन २९ गते(मार्च १३) – युगान्डासँग
फागुन ३० गते(मार्च १४) – हङकङसँग
