हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा प्रथम कोशी प्रदेशस्तरिय अन्तर विधालय क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २५ रनको योगफल तयार पारेको थियो । अरनिकोको जितमा महमद आलमले ३५ रन बनाउँदा अमन यादव २६ रनमा अविजित रहे । स्मल हेभेनका समिम मन्सुरीले ३ विकेट लिए ।

१ सय २६ रनको लक्ष्य पछ्याएको स्मल हेभेनले १३.३ ओभर ४२ रनमा समेटियो । स्मल हेभेनका लागि दुवे यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच अमन यादवले ४ विकेट लिए ।

दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले दमकको आस्था कलेजलाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको आस्थाले निर्धारित २० ओभरको खेलमा १९ दहमल २ बलमा सवै विकेट गुमाएर ९६ रनको योगफल तयार पारेको थियो । आस्थाका भुपाल दैगालले सर्वाधिक २६ रनमा अविजित रहे । ग्रिनल्याण्डका का प्लेयर अफ म्याच गौरीशंकर माझीले ४ विकेट लिए ।

९७ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १९ दशमलव ३ बलमा १ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । ग्रिनल्याण्डको जितमा सन्दिप शर्माले सर्वाधिक २५ रनको योगदान दिए। आस्थाका सुयोग भट्टराईले ४ विकेट लिए ।

फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए । सहभागि ३ जिल्लाबाट हिसान फाइनल खेलेका कलेजले प्रतियोगितामा सहभागि हुन पाउने छन् । प्रतियोगिताको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले एम्पायर भास्कर अर्याललाई क्रिकेट बल दिएर उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *