उच्च अदालत पाटनले नेपाल उसु महासंघले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ ।

जीवनराम श्रेष्ठले नेतृत्व गरेको ओलम्पिक कमिटीले नयाँ सदस्यता सम्बन्धि निर्णय गर्न चैत्र ६ गते विशेष साधारणसभा बोलाएको थियो । श्रेष्ठ नेतृत्वको एनओसीले विशेष साधारणसभा बोलाएपछि नेपाल उसु महासंघले साधारणसभामा सहभागिताको लागि उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।

उच्च अदालतले विपक्ष मध्यका नेपाल ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ, राजीव श्रेष्ठ र लाक्पा छिरिङ लामाको नाममा म्याद तामेल हुन नसकि फिर्ता आएको देखिएकोले अन्तरिम आदेश जारी नहुँदा रिट निवेदकको औचित्य सकिने भएकोले अर्को आदेश नभएसम्मका लागि विशेष साधारणसभा नगर्नु नगराउनु भनि अदालतले विपक्षीको नाममा आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्च र उच्च अदालतको आदेश र सरकारले गरेको निर्णयको पालना नगरेका कारण हालै सरकारले नेपाल ओलम्पिक कमिटीलाई नियन्त्रणमा लिदै एनओसीको कार्यालयमा तालबन्दी समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *