११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल सम्पन्न भएको छ ।
नेपाल रग्बी संघ अन्तर्गत महिला विभागको आयोजनामा शनिबार महिला पत्रकार र विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेल सम्पन्न भएको हो । विभागले महिला दिवसको अवसर पारेर आयोजना गरेको मैत्रीपूर्ण खेलको यो तेश्रो संस्करण हो ।
बुढानिलकण्ठस्थित काष्ठमण्डप विद्यालयको खेल मैदानमा भएको मैत्रीपूर्ण खेलका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिले शुभकामनासहित बल हस्तान्तरण गरेर कार्यक्रमको शुरूवात गरेका थिए ।

यस्तै कार्यक्रमलाई थप प्रष्ट पार्दै महिला विभाग प्रमुख एलिसा थापाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अघिल्ला वर्ष जस्तै यो वर्ष पनि प्रतियोगिता आयोजना गरिएको र यसलाई आउने वर्षहरुमा पनि निरन्तरता दिदै जाने बताएकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि राखेपमा सदस्य सचिव घिसिङ, संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोबिन्द घिमिरे, सदस्य भरत अर्याल, टेक्निकल प्रमुख बिनोद तामाङ, हिमालयन टाइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लका अध्यक्ष कृष्ण क्षेत्री, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी लगायतको सहभागिता रहेको थियो ।
