स्पिनर सूर्य तामाङले ५ विकेट लिएपछि बागमती प्रदेशले  प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा बागमतीले कोशी प्रदेशमाथि १३१ रनको फराकिलो जित निकालेको हो । बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा अलआउट भयो ।

कोशीका लागि अइस भट्टराईले सर्वाधिक ३७ रन बनाए । उनले ४९ बलमा ५ चौका प्रहार गरे । सुजन थपलिया २५ र फिर्दोश अन्सारी २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

बागमतीका लागि सूर्यले ९ ओभरमा २७ रन खर्चिएर सार्वधिक ५ विकेट लिए । यसैगरी, रिजन ढकालले ३ र साकार गजुरेलले २ विकेट लिए ।

त्यसअघि लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि शुभकंशाकारले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ओपनर आशुतोष घिरैयाले २९, ईशान पाण्डे र विपिन आचार्यले समान २५-२५ रन बनाए ।

यसैगरी, कप्तान पृथु बस्नेतले २४, रिजन ढकालले अविजित २२, सोनु देवकोटाले १८, सूर्य तामाङले १७, र गौतम केसीले १६ रनको योगदान दिए ।

कोशीका लागि सुजन र प्रकाश कार्कीले समान २ तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र फिर्दोशले समान १ विकेट लिए ।

जितसँगै बागमती ७ खेलमा ६ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । कोशी ७ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *