प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीको मधेस प्रदेशको टोली घोषणा भएको छ ।
शनिबार गण्डकी प्रदेश क्रिकेट संघले विपिन खत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
भोलि (आइतबार) बाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुदैछ ।
गण्डकी प्रदेशको पहिलो खेल सोमवार सुदूरपश्चिम प्रदेशसँग एस्ट्राटेक ओभलमा हुनेछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
गण्डकीको टोली
विपिन खत्री(कप्तान), अर्जुन कुमाल, सुवास भण्डारी, मुस्कान थापा, अमृत गुरुङ, चन्द्रकान्त पौडेल, दिपक डुम्रे, समिर कडेल, भनस क्षेत्री, सुदिप अर्याल, कमल परियार, रोहित चन्द, सुजन गौतम, दिनेश बुढा मगर, सन्दिप पराजुली ।
