नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदै छ ।

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पिएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।

पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुँदै छ । पहिलो दिन नै तीन खेल हुनेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा कोशीले लुम्बिनी प्रदेशलाई चुनौती पेस गर्नेछ । भैरहवाकै एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा एपिएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दाङको देउखुरी क्रिकेट मैदानमा हुने अर्को खेलमा भने कर्णाली र सुदूरपश्चिम भिड्नेछन् ।

सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।

पिएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन् । गत संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *