आइसिसी यु-१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ ।

यु-१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ ।

छनोटमा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन् । त्यसैको तयारीस्वरूप नेपालले दिल्लीसँग तीन अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जानकारी दिएको हो ।

क्यानका अनुसार चैत १२ देखि १६ गतेसम्म हुने खेल पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालमा हुनेछ ।

पहिलो खेल चैत १२, दोस्रो खेल चैत १४ र तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ । त्यसपछि यही टोलीले चैत २१ गतेदेखि अफगानिस्तानको यु-१९ टोलीसँग तीन खेलको सिरिज खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *