युगान्डामा आजदेखि सुरु भएको चार देशीय महिला टी-२० सिरिजअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।

नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको हो । 

नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् ।

त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।

आजै भएको पहिलो खेलमा युगाण्डाले हङकङलाई पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *