सरस्वती युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार दोश्रो जित हासिल गरेको छ ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले नयाँ बस्ती युथ क्लबलाई १-० गोलले पराजित गरेको हो ।
सरस्वतीको जितमा धिरेन्द्रबहादुर शाहले निर्णायक गोल गरे । उनले खेलको ४४औं मिनेटमा गरेका थिए ।
लगातारको दोस्रो जित हात पारेको सरस्वतीले ६ अंक बनाएको छ । यसअघि पहिलो खेलमा बाँसबारीलाई सरस्वतीले २-१ ले हराएको थियो ।
पराजित नयाँबस्तीले दुई खेलबाट १ अंक बनाएको छ । पहिलो खेलमा नयाँबस्ती व्वाइज युनियनसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
यो खेलसँगै दोस्रो चरणको सबै खेल सकिएको छ ।
