कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
शुक्रवार कर्णालीले मधेश प्रदेशमाथि ८१ रनको जित हात हासिल गरेको हो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो ।
यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २२१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा १ सय ३९ रनमा अलआउट भयो ।
मधेशका लागि रुपेश सिंहले सार्वधिक ३०, विशाल पटेलले २५, हरिशंकर शाहले १८ र शैलेन्द्र साहले १० रन जोडे ।कर्णालीका लागि दिनेश अधिकारीले ४, दीपेन्द्र रावतले ३ तथा प्रकास जैसीले २ विकेट लिए ।
त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालील ४९.१ ओभरमा २२० रनको योगफल तयार पारेको थियो ।
कर्णालीका लागि दीपेन्द्र रावलले सर्वाधिक ६१, अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २०, कप्तान दिवान पुनले अविजित १८ र रविन्द्र शाहीले १३ रन जोडेका थिए । मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान २ विकेट लिए ।
जितसँगै ७ खेलमा आठ अंक जोडेको कर्णाली चौथो स्थानमा उक्लिएको छ । पराजित मधेश ६ खेलमा ४ अंकसहित सातौं स्थानमा छ ।
