विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गणडकी प्रदेशलाई ३१ रनले पराजित गर्दै फाइनलको सम्भावना कायमै राखेको छ ।

एपिएफको यो जितसँगै अब पिएम कप फाइनलको होडमा ३ विभागीय टोली मात्र रहेका छन् । बाँकी ७ प्रदेश टोलीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ ।

आइतबार भएको खेलमा जितका लागि २५९ रनको लक्ष्य पछाएको गण्डकी प्रदेश ५० ओभरमा ८ विकेट गुमाएर २२७ रन मात्र बनाउन सक्यो ।

गण्डकीका लागि अर्जुन कुमालले ३९, दीनेश बुढामगरले ३४ तथा मुस्कान थापा र अमृत गुरुङले समान २३ रन जोडे ।

एपिएफका लागि अभिषेक गौतमले ३, अमरसिंह राउटेलाले २ तथा किशोर महतो, भुवन कार्की र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए ।

त्यसअघि एक्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४९.२ ओभरमा २५८ रनमा अलआउट भएको थियो ।

एपिएफका लागि आसिफ सेखले सर्वाधिक ८०, लोकेश बमले ४६, सुमित महर्जनले ३१, अमर रौतेलाले २४ र कमल ऐरीले २५ रन बनाए ।

गण्डकीका लागि सन्दीप पराजुली र सुदीप अर्यालले समान ३, कमल परियारले २ तथा चन्द्र पौडेलले १ विकेट लिए ।

जितसँगै एपीएफले ७ खेलबाट १० अंक जोडेको छ । प्रतियोगिताबाट बाहिरिइसकेको गण्डकी भने ८ खेलमा २ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *