इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अर्थात १८ औं संस्करणमा पनि अघिल्लो सिजन जति पुरस्कार राशी राखिएको छ । यो पटक उपाधि विजेता टोलीले २० करोड भारतीय रुपैयाँ पाउने छ ।
त्यस्तै, दोश्रो अर्थात् उप-विजेता हुने टोलीले १२.५ करोड रुपैयाँ प्राप्त गर्नेछ । यसैगरि तेश्रो स्थान हासिल गर्नेले ७ करोड र चौथो स्थान रहने टोलीले ६.५ करोड प्राप्त गर्नेछन । पाँचौदेखि १० स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कारको प्रावधान रहेको छैन ।
आईपीएल २०२५ का विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई भने नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसमा सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडीले पर्पल क्यापसँगै नगद १० लाख प्राप्त गर्नेछ । त्यस्तै सिजनमा सर्वाधिक रन बनाउने खेलाडीले अरेञ्ज क्यापसँगै नगद १० लाख पाउनेछ ।
त्यस्तै इमर्जिङ्ग प्लेयर अफ दि सिजनले १० लाख, मोस्ट भ्याल्यूएबल प्लेयर अफ सिजनले १० लाख, सिजनमा सवैभन्दा बढी छक्का प्रहार गर्नेले १० लाख, सिजनमा सर्वोकृष्ट क्याच गर्नेले १० लाख, सिजनमा सवैभन्दा बढी चौका प्रहार गर्नेले १० लाख र पिच एण्ड ग्राउण्ड अवार्डको पुरस्कार राशी भने ५० लाख रहेको छ ।
