भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुँदै छ ।

मुम्बईको घरेलु मैदान वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा मुम्बईले लगातार दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा चेन्नईसँग हारेको मुम्बई दोस्रो खेलमा गुजरातसँग पराजित भएको हो ।

त्यस्तै, कोलकोताले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । कोलकोताले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *