अष्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले आज (बिहीबार) एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । स्टोइनिस आईसीसी च्याम्पियन्स ट्रफीको लागि अष्ट्रेलिया टोलीमा परेका खेलाडी हुन् ।

च्याम्पियन्स ट्रफीको आयोजना हुनुपूर्व उनले सन्यासको घोषणा गरेपछि अष्ट्रेलियन टोलीको सन्तुलन बिग्रिन पुगेको छ । अष्ट्रेलियाका केहि प्रमुख खेलाडी चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरि सकेका छन् ।

स्टोइनिसले एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा गरेपनि उनी टी २० क्रिकेटमा भने अष्ट्रेलियाको लागि उपलब्ध हुने छन् । स्टोइनिस आकस्मिक रुपमा सन्यासको घोषणा गर्नुको कारण ह्यामस्ट्रिङ्गको चोटका कारणले हुन सक्ने जानकारीमा आएको छ ।

अष्ट्रेलियन टोलीका मुख्य प्रशिक्षक एन्ड्रयू म्याक डोनाल्डले स्टोइनिसले एकदिवसिय क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै उनी एक अमूल्य खेलाडी भएको बताएका छन् । उनको सन्यासमा पछि अष्ट्रेलियन टोलीको सेटअपमा अवश्य फरक पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *