च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड बंगलादेशसँग खेल्दैछ ।

बंगलादेश र न्युजिल्याण्डबीचको खेल पाकिस्तानस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमवार दिउँसो २:४५ बाट सुरु हुनेछ ।

न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ ।

उता, पहिलो खेलमा भारतसँग पराजित बंगलादेशलाई फाइनल सम्भावना कायम राख्न यस खेल जित्नै पर्ने हुन्छ । यस खेलमा पराजित भएमा बंगलादेश प्रतियोगिताबाट १ खेल अगावै बाहिरिने छ । बंगलादेश पराजित भएमा पाकिस्तान पनि समूह चरणबाटै बाहिरिने छ ।

हेड टु हेड

यसअघि सन् २०१७ मा कार्डिफमा भएको च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको थियो । प्रतियोगिताको हेड टु हेड रेकर्ड १-१ को बराबरीमा छ ।

न्युजिल्याण्डले सन् २०१५ यता बंगलादेशसँग २१ खेल खेलेको छ । जसमा १७ न्युजिल्याण्डले जित र ३ मा बंगलादेशले जि हासिल गरेको छ । दुई देशबीचको पछिल्लो ५ खेलमा ४ मा न्युजिल्याण्ड र १ मा बंगलादेश विजयी भएको छ ।

दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *