इटालीका विश्व नम्बर एक टेनिस खेलाडी जेनिक सिनरलाई तीन महिनाको प्रतिबन्ध लागेको छ । यो प्रतिबन्ध ९ फेब्रुअरीदेखि ४ मे को ११:५९ मिनेटसम्म लागु हुनेछ ।

गत मार्चमा सिनरको डोपिङ टेष्ट गर्दा पोजेटिभरिजल्ट आएको थियो । डोपिङमा पोजेटिभरिजल्ट आएपनि तत्कालिन समयमा इन्टरनेशनल टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) ले सिनरलाई कुनै कारवाहि गरेको थिएन ।

तत्कालिन समयमा इन्टरनेशनल टेनिस इन्टिग्रिटी एजेन्सीले प्रतिबन्धित पदार्थ फिजियो थेरापिस्टको गल्तीका कारणले सिनरको शरिरमा गएको बताउँदै कुनै कारवाही गरेको थिएन ।

आईटीआईएले यस्तो निर्णय गरेपछि वल्ड डोपिङ एजेन्सी (वाडा) ले असन्तुष्टि जाहेर गरेको थियो । वाडाले सिनर ब्लोस्टेबोलको प्रयोग गर्ने आरोप लगाउँदै उक्त औषधि वाडाको प्रतिवन्धित सूचीमा रहेको बताएको थियो ।

यसपछि वाडाले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा (क्यास) मा अपील गरेको थियो । यसको सुनुवाई अप्रिलमा २०२५ मा हुनुपर्ने भएपनि सिनर पहिले नै वाडाका साथ सम्झौता गरेका थिए ।

टेनिसका शिर्ष वरियता प्राप्त खेलाडी सिनरले वर्षको पहिलो ग्रान्ड स्ल्याम अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए । सिनरले फाइनलमा जर्मनीका एलेकजेन्डर ज्वेरेवलाई पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *