लेनबनानले अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा सान्त्वना जित हासिल गरेको छ ।
आइतबार भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोलअन्तरले हराएको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लेबनानलाई जित दिलाउन क्रिस्टी मालोफ र मिया रोज कलिलले गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए ।
खेलको १३औं मिनेटमा मालोफले गोल गर्दै लेबनानलाई अग्रता दिलाएकी थिइन् । कलिलले २३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा लेबनानले सहज जितका साथ प्रतियोगिताको अन्त्य गर्यो ।
यो नतिजासँगै लेबनानले तीन खेलमा दुई हार र एक जितसहित तीन अंक जोडेर प्रतियोगिता सक्काएको छ । पाकिस्तान भने लिग चरणका तीनवटै खेल हार्दै प्रतियोगिताको अन्त्य गरेको छ ।
लेबनान पहिलो खेलमा म्यानमारसँग ३-१ तथा दोस्रो खेलमा नेपालसँग १-० ले पराजित भएको थियो । कीर्गिस्तान नेपालसँग १-० तथा म्यानमारसँग ५-० ले पराजित भएको थियो ।
आजै लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।
