इंग्लिस एफए कप अन्तर्गत प्लाइमाउथ आर्गाइलले अन्तिम-१६ मा साबिक विजेता म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

दोस्रो श्रेणीको च्याम्पियनसिप क्लब प्लाइमाउथले अघिल्लो चरणमा लिभरपुललाई १-० को झट्का दिँदै सनसनीपूर्ण जित निकालेको थियो । अब उनीहरू मार्च पहिलो साता सिटीको मैदानमा खेल्नेछन् ।

प्लाइमाउथको यो ऐतिहासिक जितपछि प्रशिक्षक मिरोन मुस्लिचले भने, “अब हामी जोसुकैसँग खेल्न तयार छौँ, म्यानचेस्टर युनाइटेड होस् वा सिटी, हामी स्वागत गर्छौं ।”

यसैबीच, साबिक विजेता म्यानचेस्टर युनाइटेडले फुलह्यामसँग प्रतिस्पर्धा गर्नेछ भने प्रिमियर लिग क्लबहरू न्युक्यासल युनाइटेड र ब्राइटन तथा बोर्नमाउथ र वुल्भ्सबीच पनि रोमाञ्चक भिडन्त हुनेछन् ।

एफए कप अन्तिम-१६ को ड्र:
🔹 प्रेस्टन नर्थ इण्ड 🆚 बर्नली
🔹 एस्टन भिल्ला 🆚 कार्डिफ सिटी
🔹 क्रिस्टल प्यालेस 🆚 मिलवाल
🔹 म्यानचेस्टर युनाइटेड 🆚 फुलह्याम
🔹 न्युक्यासल युनाइटेड 🆚 ब्राइटन
🔹 बर्नमाउथ 🆚 वुल्भ्स
🔹 म्यानचेस्टर सिटी 🆚 प्लाइमाउथ आर्गाइल
🔹 एक्सेटर सिटी/नटिङ्घम फरेस्ट 🆚 इप्स्विच टाउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *