लिभरपुल इएफएल अर्थात काराबाओ कपको फाइनलमा पुगेको छ ।
विहिवार राति भएको सेमिफाइनलको दोस्रो लेगमा प्रिमियर लिग प्रतिद्वन्दी टोटनहम हटस्परमाथि ४–० समग्रमा ४–१ को जित निकाल्दै लिभरपुल फाइनलमा पुगेको हो ।
लिभरपुल पहिलो लेगमा टोटनहमसँग १–० गोलले पराजित भएको थियो । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन मोहम्म्द सलाह, कोडी गाक्पो, डोमिनिक स्जोबोस्ज्लाई र भर्जिल भान डाइकले गोल गरे ।
खेलको ३४औं मिनेटमा गाक्पोको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ५१औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
७५औं मिनेटमा स्जोबोस्ज्लाईले गोल गर्दा लिभरपुल ३–० ले अघि बढ्यो । ८०औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए ।
लिभरपुलले अब उपाधिका लागि न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मार्चमा हुनेछ ।
