लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म पनि कायम राखेको छ ।

शनिबार राती भएको खेलमा पिएसजीले घरेलु टोली टुलुज एफसीलाई १-० गोलले हरायो ।

टुलुजको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन फाबियान रुइजले निर्णायक गोल गरे । उनले खेलको ५२औं मिनेटमा गोल गरेको थियो ।

जितसँगै पिएसजीले २२ खेलबाट १७ जित र ५ बराबरीसहित ५६ अंक जोडेको छ । पराजित टुलुज समान खेलबाट २७ अंकका साथ १०औं स्थानमा छ ।

शनिबारै सम्पन्न अन्य खेलमा  मोनाकोले नान्टेसलाई ७-१ र मार्सेले सेन्ट एटिएनलाई ५-१ ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *