लिओनल मेसीको निर्णायक असिस्टसँगै इन्टर मियामी हारबाट जोगिएको छ ।
सिजनको पहिलो खेलमा आइतबार मियामीले न्युयोर्क सिटी एफसीलाई २-२ को बराबरीमा रोक्यो ।
मियामीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि टोमस एभिल्स र टेलास्को सेगोभियाले गोल गरे । न्युयोर्कका लागि मित्जा इलेनिच र अलोन्सो मार्टिनेजले गोल गरे ।
खेलको पाँचौं मिनेटमा एभिल्सले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा एभिल्सले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटियो ।
खेलको २६औं मिनेटमा इलेनिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५५औं मिनेटमा मार्टिनेजले गोल गर्दा न्युयोर्क २-१ ले अगाडि बढ्यो । इन्जुरी समयको १०औं मिनेटमा मेस्सीको उत्कृष्ट पासमा सेगोभियाले गोल गर्दै मियामीालई हारबाट जोगाए ।
