राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सुर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कोषका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सुर्यको उपचारका लागि उनका दाइ सन्तोषलाई ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । राखेप सदस्य-सचिव घिसिङले सूर्यको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यु-१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा सुर्य घाइते भएको कोषका सदस्य-सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बताएका छन् ।
