धरान । धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा भुटानको आरटीसी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार धरान रंगशालामा भएको खेलमा राष्ट्रिय जागृति क्लब, इटहरीलाई ४-१ गोल अन्तरले पराजित गर्दै आरटीसी एफसी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनलमा आरटीसीले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 

खेलको नवौं मिनेटमा सोनाम योसीको गोलमार्फत आरटीसी एफसीले अग्रता लिएको थियो ।  खेलको ५३औँ मिनेटमा सोनाम गुगदुलले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । 

खेलको ६१औँ मिनेटमा कर्मा जाम्सोले गोल गर्दा आरटीसी ३-० ले अघि बढ्यो । त्यसपछि खेलको ७०औँ मिनेटमा नोएडा योसेलले गोल गर्दै आरटीसीलाई ४-० को अग्रता दिलाए । 

खेलको ७७औँ मिनेटमा जागृति क्लबका लागि एलेक्सले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल साविक विजेता काठमाडौँको न्युरोड टिम (एनआरटी) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *