जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो । पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको हो ।
घरेलु मैदानमा बायर्नका अल्फान्सो डेभिसले इन्ज्युरी समयमा बराबरी गोल गर्दै टोलीको अघिल्लो चरणको यात्रा निश्चित गरे । त्यसअघि निकोलस कुनले ६३ औं मिनेटमा गोल गर्दै सेल्टिकलाई अघि बढाए ।
त्यस्तै बेल्जियमको क्लब ब्रुग र पोर्चुगलको बेन्फिका च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् ।
इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को नतिजासहित अघि बढ्यो । फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा खेलेको बेन्फिका समग्रमा ४-३ को नतिजाका साथ अघि बढ्यो ।
