बाबरले पछि पारे विराटलाई

२०८१, ३ फाल्गुन शनिबार १२:१३

पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।

बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धको त्रिकोणात्मक सिरिजको फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् ।

उनले १ सय २३ इनिङमा ६ हजार रन पूरा गरेका हुन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने दक्षिण अफ्रिकाका हसिम अम्लाको कीर्तिमान बराबरी गरेका हुन् ।

अम्लाले पनि १ सय २३ इनिङमा नै ६ हजार रन पूरा गरेका थिए । विराटले भने ६ हजार रन पूरा गर्न १ सय ३६ इनिङ लगाएका थिए । विराटले हाल २ सय ८५ इनिङमा १३ हजार ९ सय ६३ रन बनाएका छन् ।

३० वर्षिय बाबरले ५५.७३ औसतमा ६ हजार रन पूरा गरेका हुन् । बाबर ६ हजार रन पूरा गर्दा सर्वाधिक औसतमा रन बनाउँने खेलाडी हुन् । यसअघि अस्ट्रेलियाका माइकल बेभेनले ५४.७० को औसतमा ६ हजार रन पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *