हेटौंडा । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ गते शुरु हुने भएको छ ।

आज (सोमवार) पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न लागिएको जानकारी दिएको हो ।

ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा हुने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो ।

गोल्डकपको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *