इंग्लिस प्रिमियर लिगमा चेल्सीले युनाइटेमाथि पुनरागमन जित निकालेको छ । सोमवार राती भएको खेलमा चेल्सीले वेस्ट ह्याम युनाइटेमाथि २-१ को पुनरागमन जित निकालेको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२औं मिनेटमा जारोर्ड बोवेनको गोलमा वेस्ट ह्यामले अग्रता बनाएको थियो । पेड्रो नेटोले ६४औं मिनेटमा बराबरी गोल गर्दै चल्सीलाई खेलमा फर्काए ।
त्यस्तै, ७४औं मिनेटमा वेस्ट ह्यामका आरोन वान-बिस्साकाले आत्मघाती गोल गर्न पुग्दा खेल चेल्सीले २-१ ले बिजयी भयो ।
योसँगै म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । २४ खेलबाट चेल्सीको ४३ अंक पुगेको छ । समान खेल खेलेको सिटी ४१ अंकसहित पाँचौं स्थानमा छ ।
शीर्ष स्थानको लिभरपुलको ५६ र दोस्रो स्थानको आर्सनलको ५० अंक छ । २७ अंकसहित वेष्टहम १५औं स्थानमा छ ।
