सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना प्रथम पाँचपोखरी जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
पेमाथाङ खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता फागुन १५ देखि २० गतेसम्म हुनेछ ।
प्रतियोगितामा आयोजकसहित जिल्ला भित्र १२ वटा स्थानीय तहको सहभागिता रहनेछ ।
जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले एक लाख र उपविजेता ५० हजार पाउने छ ।
